अर्थतन्त्र चलायमान बनाउनेगरी बजेट ल्याउन महासंघको सुझाव

साना व्यवसाय केन्द्रित पुर्नकर्जाको व्यवस्था गर्न माग

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ ११, २०७८      0

नेपाल उद्योग वाणिज्य महासंघले आउँदो बजेट कोभिड १९ महामारीको चपेटामा परेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने व्यवस्था सहितको आउनुपर्ने माग गरेको छ ।
महासंघले बजारलाई चलायमान बनाउने गरी सरकारले बजेटमार्फत विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएको छ । कोरोना महामारीबाट जनताको जीवन रक्षाका लागि खोप र स्वास्थ्य पूर्वाधारसगै अर्थतन्त्रलाई चलायमान बनाउने विषयलाई पनि सरकारले प्राथमिकतामा राख्नुपर्ने महासंघको भनाइ छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिड महामारी नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सेवा सुधार, खोप सहितको उपचार सेवालाई सुदृढीकरण गराउनुपर्ने बताए । उनले कोरोना प्रभावित क्षेत्रको वर्गिकरण गरि व्यवसायीले अनुभूत गर्ने खालको बजेटमा आवश्यक व्यवस्था गर्न समेत सरकारसंग आग्रह गरे । उत्पादनलाई आधार मानि श्रमिकको न्युनतम वेतनको व्यवस्था सहित स्टार्ट अप र इनोभेसनका लागि विशेष कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड छ ।

कोभिड महामारीपछि ठूलालाईभन्दा साना व्यवसायी केन्द्रित पुर्नकर्जाको व्यवस्था गरिनुपर्ने र सरकारले त्यस्ता कार्यक्रममा निजी क्षेत्रसंग पनि सहकार्य गर्नुपर्ने महासंघको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *