सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

 ग्लोबल टिभि      आइतवार, जेष्ठ १६, २०७८      0

सरकारले अध्यादेशबाट पूर्ण आकारको बजेट ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै बजेटसम्बन्धी तीन अध्यादेश जारी गरेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सार्वजनिक गरे ।

सरकारले संसद विघटन गरेकाले नयाँ संविधान आएपछि पहिलो पटक अध्यादेशबाट बजेट आएको हो । स्वास्थ्य क्षेत्रमा पहिलो पटक १ खर्ब भन्दा बढी बजेट विनियोजन भएको आगामी आर्थिक वर्ष २०७८÷७९ वर्षको बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड पुगेको छ ।

सरकारले यस मध्यमकालीन खर्च संरचनाले निर्धारित गरेको बजेटको आकारभन्दा केही कम आकारको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा विनियोजन दक्षता देखाउन भरपुर कोशिश गरेका छन् ।

सरकारले चालु आर्थिक वर्षको तुलनामा ११.७२ प्रतिशत वृद्धि गर्दै बजेटको आकार तय गरेको छ । यसका लागि चालु आर्थिक वर्षको तुलनामा राजस्व संकलनमा भने २० प्रतिशत वृद्धि हुने अनुमान गरेको छ ।

चालु आर्थिक वर्षको तुलनामा बाह्य ऋणमा समेत ठूलो आँट देखाउन नसकेको सरकारले आन्तरिक ऋण भने पर्याप्त लिने गरी लक्ष्य तय गरेको छ । चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *