ग्लोबल टिभि
आइतवार, जेष्ठ १६, २०७८
0
अर्थमन्त्री विष्णु पौडेलले बजेट कार्यान्यनमा शंका नगर्न आग्रह गरेका छन् । आज अर्थ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयन गर्ने योजना, प्रतिवद्धता र संकल्पका साथ ल्याइएको बताए ।
अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रित रहेको उनको भनाइ छ । विद्यमान आर्थिक समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ बजेट प्रस्तुत भएको पनि उनले दावी गरे ।
भोलीदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने पनि अर्थमन्त्री पौडेलले बताए । सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको बताउँदै अर्थमन्त्री पौडेलले स्वतन्त्र निश्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सामथ्र्य परिचालन गरिने बताए । सरकारले मतदाता प्रभावित पार्न नभई अभिभारा पुरा गर्ने खालको बजेट ल्याएको उनको भनाइ छ ।
Post Views: 1,080
Leave a Reply