ग्लोबल टिभि
0
स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको मुल्य आज बढेको छ । बुधबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ४ सय रुपैयाँले बढेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १३७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १९१२ डलर तथा चाँदीको मुल्य २८.२७ डलर कायम भएको छ ।
Post Views: 1,100
Leave a Reply