सेयर बजारमा उत्साह, नेप्से २९ अंकले बढ्यो

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ २०, २०७८      0

सेयर बजार परिसूचक नेप्सेमा सुधार आएको छ । आज नेप्से २९.५५ अंकले बढेर २८५६.६७ विन्दुमा कायम भएको छ । बिहीबार सेयर बजारमा २१८ कंपनीका सेयर कारोबार भएका छन् । कुल ३ करोड ४६ लाख ९१ हजार ३ सय १२ कित्ता सेयर १६ अर्ब ९० करोड ७० लाख २० हजार रुपैयाँमा किनबेच भएको छ ।

सेयर बजारमा सूचीकृत समूहगत परिसूचक मध्ये वाणिज्य बैंक, होटेल, विकास बैंक, वित्त, उत्पादनशील, लघुवित्त, जीवन बीमा, म्युचल फण्ड तथा लगानी समूहका परिसूचक सकारात्मक रहेका छन् । व्यापार, जलविद्युत, निर्जीवन बीमा तथा अन्य समूहका परिसूचक भने ओरालो लागेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *