६.३७ अंकले बढ्यो नेप्से

 ग्लोबल टिभि           0

जेठ ३० –  साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ विन्दुमा अडिएको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ३३.१५ अंकले बढेको थियो।

नेप्से एकल अंकले बढेपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ। यसदिन ३१२ स्क्रिप्सको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयर ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५ रुपैयाँमा खरिद बिक्री भए।

मंगलबार ५ अर्ब ४९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। आज चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। समृद्धि फाइनान्स,मडि सोलु हाइड्रोपावर,साधना लघु्वित्त वित्तीय संस्था र ग्रीन लाइफ हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

गणपति लघुवित्त वित्तीय संस्थाको सेयर ८.६४ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको २७ करोड मूल्य बढिको सेयर कारोबार भयो। यसैगरी सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको २४ करोड,ग्रीनलाइफ हाइड्रोको १९ करोड, माउन्टेन इनर्जी र सोनापुरको १४/१४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएका ४ समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्। होटल एन्ड टुरिजम,हाइड्रोपावर,नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक नकारात्मक देखिएका छन्। कारोबारमा आएका स्टकमध्ये ११९ वटाको मूल्य बढ्यो भने ११५ को घट्यो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *