ललिता निवास जग्गा व्यक्तिको नाममा दर्ता गर्ने , ४९ जना विरुद्ध २१ दिने सूचना

 ग्लोवल टि.भी.      आइतवार, जेष्ठ २३, २०७८      0

भूमि सुधार तथा मालपोत कार्यालय काठमाडौले ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध २१ दिने सूचना जारी गरेको छ । २०७७ चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती व्यक्तिको घर ठेगाना पत्ता लागेको थिएन । कार्यालयले सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा सूचना जारी गरेको हो ।

मालपोत कार्यालयले जग्गाधनीलाई जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भनेको छ । अब सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिएमा जग्गा सरकारको नाममा नामसारी हुने बताइएको छ ।सूचनामा उल्लेखित विवरण अनुसार विवादित जग्गामध्ये सबैभन्दा धेरै जग्गा शोभाकान्त ढकालको नाममा छ । उनको र उनको परिवारको गरी २२ कित्तामा ३ हजार २ सय ७५ वर्गफिट जग्गा सरकारको नाममा गर्नुपर्ने ठहर कार्यालयको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *