११ हजार २३८ यात्रु भित्रिदा २१ हजार ९०२ यात्रु बाहिरिए
कोरोना नियन्त्रणमा लागि सरकारले जारी गरेको निषेधाज्ञायता अन्तर्राष्ट्रिय उडानमार्फत ३३ हजार जनाले यात्रा गरेका छन् । यो अवधिमा चार्टर, नियमित र उद्धार उडानमार्फत विभिन्न वायुसेवा कम्पनीको चार सय ७९ उडान अवतरण गरेका हुन् । यसमार्फत २१ हजार नौ सय दुई यात्रु नेपालबाट बाहिरिएका छन् । निषेधाज्ञाकै समयमा ११ हजार दुई सय ३८ यात्रु भित्रिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । १८ वटा वायुसेवा कम्पनीमध्ये कतार एयरवेज, हिमालय एयरलाइन्स, नेपाल वायुसेवा निगम र फ्लाइ दुबाईको उडानमार्फत सेवा लिने यात्रुको संख्या धेरै रहेको छ ।
विमानस्थलका अनुसार अत्याधिक यात्रु र कार्गो उडान सेवा दिएका चार वटा वायुसेवा कम्पनीमध्ये कतार एयरवेज अग्रस्थानमा छ । यो वायुसेवा कम्पनीले ४४ वटा उडानमार्फत छ हजार पाँच सय ७१ यात्रुलाई सेवा दिएको छ भने तीन सय ६२ टन कार्गो ढुवानी गरेको छ । कार्गो ढुवानी गर्ने कम्पनीमा निजी वायुसेवा कम्पनी हिमालय एयर लाइन्स अग्रस्थानमा छ । कम्पनीले एक महीनामा पाँच सय ४५ टन कार्गो ढुवानी गरेको छ । गत वैशाख १६ गतेयता हिमालयले एक सय ३४ उडान अवतरणमार्फत पाँच हजार आठ सय ४७ यात्रुलाई सेवा दएको छ ।नेपाल वायुसेवा निगमले यो अवधिमा ६१ वटा उडान अवतरणमार्फत चार हजार आठ सय ८२ यात्रुलाई सेवा दिएको छ ।
Leave a Reply