सुनको भाउमा गिरावट, चाँदीको भने बढ्यो

 ग्लोवल टि.भी.      बिहिबार, जेष्ठ २७, २०७८      0

स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुनको भाउमा बिहीबार गिरावट आएको छ । चाँदीको भाउ भने बढेको छ । बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार प्रतितोला ३ सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको भाउ भने बढेको छ ।

चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १८९२ डलर तथा चाँदीको मुल्य २७.९३ डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *