भोलीदेखि बैंकले आवश्यकता अनुसार शाखा खोल्न पाउने

 ग्लोबल टिभि      सोमवार, जेष्ठ ३१, २०७८      0

भोलीदेखि आवश्यकता अनुसार बैंकहरुले शाखा कार्यालय संचालन गर्न पाउने भएका छन् । केन्द्रिय बैंकले आज सूचनामार्फत यसअघिका निर्देशन खारेज गरी आवश्यकता अनुसार शाखा संचालन गर्न पाउने व्यवस्था गरेको हो । केन्द्रिय कार्यलयको हकमा एक तिहाइ कर्मचारी मात्र उपस्थित गराइ बैंकिङ सेवा सुचारु गर्न राष्ट्रबैकले निर्देशन दिएको छ । शाखाको हकमा भने जतिसक्यो न्युन कर्मचारी राखेर सेवा दिने व्यवस्था मिलाउन भनिएको छ ।

कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राखी प्रविधिको अधिकतम प्रयोग र घरबाटै काम (वर्क फ्रम होम)लाई प्राथमिकता दिन पनि सूचनामा भनिएको छ । सञ्चालन हुने र बन्द हुने शाखाबारे जानकारी दिन संस्थाले आफ्नो वेव साइट, शाखा कार्यलयको मुल ढोका तथा सामाजिक सञ्जालमा समेत सूचना राख्नुपर्ने राष्ट्रबैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *