पेट्रोल बिक्री रोक्ने कुनै निर्णय भएको छैन : पेट्रोल व्यवसायी

 ग्लोवल टि.भी.      मङ्लबार, असार १, २०७८      0

देशभरका पेट्रोल पम्पहरुको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पम्पहरुले तेल बिक्री रोक्ने कुनै निर्णय नभएको बताएको छ ।तेल बिक्री नहुने भन्नेबारे आएका हल्लाहरु राष्ट्रिय एसोसिएसनसंग सहमति र छल्लफल गरेर नभएको अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले बताए ।
कसैले यस्तो निर्णय गरेको भए आधिकारिक राष्ट्रिय एसोसिएसनलाई जानकारी गराउनुपर्ने पनि प्रधानले बताए ।एसोसिएसनका महासचिव विश्व प्रसाद अर्यालले पनि पम्पहरुले खोप नपाए बिक्री रोक्ने कुनै निर्णय नगरेको बताए ।

खोप नदिए निगमसँग तेल नकिन्ने र उपभोक्तलाई तेल बिक्री नगर्ने निर्णय नभएको महासचिव अर्यालले प्रष्ट्याए ।अहिले चालक र सहचालकले खोप लगाउने र बिस्तारै पम्पका कर्मचारीले पनि खोप पाउने गरी निगमसँग छलफल चलिरहेको महासचिव अर्यालको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *