ग्लोबल टिभि
0
माघ २१- बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले एसेट्स म्यानेजमेन्ट कम्पनी (एएमसी)का निम्ति कानुन बनाउन थालेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एएमसीका निम्ति कानुन बनाइरहेको जानकारी दिएका हुन् ।
बैंकहरूमा देखिएको रिकभरीको समस्या समाधानका निम्ति पनि एसेट्स म्यानेजमेन्ट कम्पनी आवश्यक रहेको जनाईएको छ ।
यो कम्पनी आएपछि नन पर्फमिङ एसेट्स (एनपीए) व्यवस्थापन गर्न केही न केही सहज हुने पनि जनाईएको छ । फुल रिस्टक्चरिङ’को काम गर्न भने सहज हुने छैन ।
रिकभरीको काममा अर्थतन्त्रको ‘स्लोडाउन’ले गर्दा समस्या भएको पनि जनाईएको छ ।
Post Views: 35
Leave a Reply