प्रतितोला १२ सय रुपैयाँले घट्यो सुनको मुल्य

 ग्लोबल टिभि      शुक्रबार, असार ४, २०७८      0

स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको भाउमा गिरावट आएको छ । बिहीबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार प्रतितोला १२ सय रुपैयाँले घटेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर १३ सय ०५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७७८ डलर तथा चाँदीको मुल्य २६.०७ डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *