इटहरीको तालतलैया जस्मिन पेन्ट्सको कब्जामा, स्थानीय सरकार रमिते

 ग्लोबल टिभि      शनिबार, असार ५, २०७८      0

इटहरी/ सार्वजनिक पार्कमा कुनै अमूक कम्पनीले आफ्नो विज्ञापन गरेको छ, भन्दा तपाईलाई विश्वास नलाग्न पनि सक्छ, तर तपाई विश्वस्त नभइ धरै छैन , किन कि सुनसरीको इटहरीमा रहेको तालतलैयामा एक अमूक पेन्टिङ कम्पनीले मज्जाले विज्ञापन गरेको छ ।

पर्यटकीय क्षेत्रको गरिमा र महत्वलाई सखाप पार्ने गरी नेपालमा आफूलाई निकै कहलिएको दाबी गर्ने जस्मिन पेन्टिङले मनपरि ढंगले आफ्नो विज्ञापन गरेको छ । इटहरीको यो तालतलैया स्थल प्रकृति र संस्कृतिले आफै सुन्दर छ । तालतलैयाको यही सुन्दरतालाई सखाप पार्न जस्मिनले पेन्टिङ गरेको हो । जस्मिन पेन्ट्सले गरेको मनपरिमा स्थानीय सरकार दोषी भएको स्थानीय अगुवा जीवन पराजुलीले बताए ।

सरकारी सम्पत्तिमाथि मोजमस्ती गर्न कोही भन्दा कोही कम छैन भन्ने तथ्य पनि हो यो । तालतलैयामा भइरहेको यो हदसम्मको प्रचारबाजीप्रति स्थानीय सरकार मौन छ । संविधानले स्थानीय सम्पदाको संरक्षण र सम्वद्र्धन गर्ने दायित्व र अधिकार पनि दिएको छ । नयाँ एक सय गन्तव्यको सूचीमा सूचीकृत छ, दुइ आर्थिक वर्षमा सरकारले एक करोडमाथिको बजेट समेत दिएको थियो । स्थानीय सरकारले सम्पदाको संरक्षण र सम्पद्र्धन गर्नुपर्ने हो । तर, पर्यटकीय स्थलमा जस्मिनले विज्ञापन गर्दा समेत होस पाउन सकेको छैन ।

 जस्मिनले बदमासी गरेको भन्दै पर्यटन सम्वद्धहरुले आवाज उठाउन थालेका छन् । स्थानीय तह र जस्मिनबीचको मिलिभिगतमा यस्तो बदमासी हुन सक्ने पर्यटन अगुवा कृष्ण शाहले बताए । पर्यटकीय सम्पदामा भएको यस्तो कदम सच्याउन पनि पर्यटन अभियान्ता शाहले माग गरेका छन् ।यस विषयमा जस्मिन पेन्टस्संग जानकारी लिँदा संरक्षण समिति र स्थानीय तहसंग सहमति गरेर रंगरोगन गरेको बताएको छ । यद्यपि यस विषयमा इटहरी उपमहानगरसंग जानकारी लिन खोज्दा स्थानीय सरकारका जिम्मेवारहरु मुख खोल्दैनन् । सरकारको करोडाँै लगानी गरेको पार्कमा जस्मिनले आफू मनलाग्दि प्रचारको पेन्टिङ गर्न आँट सहजै गर्नै सक्दैन । यसरी सार्वजनिक सम्पत्तिमाथि भईरहेको मनपरिलाई कोही कसैले रोक्न नसकेको मात्रै होइन, पेन्टिङका विरुद्ध कोही कसैले मुख खोल्न हिम्मत आजसम्म गरेको छैन । जस्मिनको यो मनपरि विरुद्ध बोल्न नसक्नु, पार्कसंग सरोकार राख्नेहरु कतै न कतै प्रभावित भएको हुनुपर्छ र पार्कमाथि जस्मिनको विज्ञापन यसरी हुन सम्भव भएको हो । -प्रकाश तिम्सिना

https://www.facebook.com/prakash.pratik.3/videos/2987475838202023

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *