७३१ म्यानपावर कम्पनी खारेजीको संघारमा

 ग्लोबल टिभि      बुधबार, असार ९, २०७८      0

तोकिएको संख्यामा श्रमिक पठाउन नसकेका ७३१ वटा म्यानपावर कम्पनी खारेजीको संघारमा पुगेका छन् ।वैदेशिक रोजगार ऐनअनुसार चालू आर्थिक वर्षसहित दुइ आर्थिक वर्षमा कम्तीमा २ सय जना श्रमिक पठाएको प्रमाण नहुने कम्पनीहरु खारेजीमा पुगेका हुन् । वैदेशिक रोजगार विभागले ऐनको प्रावधान अनुसार विवरणसहित दर्ता नवीकरणको लागि आह्वान गरेको छ । तर, १२३ वटा म्यानपावर कम्पनीले मात्रै ऐन अनुसार मापदण्ड पूरा गरेका छन् । वैदेशिक रोजगार व्यवसायी संघका अनुसार ८५४ मध्ये ७३१ कम्पनीले सरकारले तोकेको न्युनतम कोटाअनुसार श्रमिक पठाउन सकेका छैनन् ।
वैदेशिक रोजगार विभागका प्रवक्ता महेन्द्रनाथ भट्टराई पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा २ सय जना श्रमिक नपठाएकासहित तोकिएको कागजपत्र नपु¥याउने म्यानपावर कम्पनीको नवीकरण नहुने बताएका छन् । प्रवक्ता भट्टराईका अनुसार व्यवसायीले महामारीलाई कारण देखाएर राहत मागेका छन्, तर, सरकारले उनीहरको े माग अनुसार विशेष निर्णय गरेन भने विदेश पठाउन तोकिएको वार्षिक श्रमिक संख्या नपुगेका म्यानपावर खारेजीमा जाने भएका छन् । २०७७ को असार अन्तिम साता सरकारले एक सय जना कामदार पठाउन नसकेका म्यानपावर कम्पनीको पनि इजाजतपत्र एक पटकलाई नवीकरण गर्ने निर्णय गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *