ग्लोबल टिभि
0
सरकारी संस्थानले सहुलियत मूल्यमा खाद्यान्न बिक्री बन्द गरेसरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले खाद्यान्नमा उपभोक्ताहरुलाई दिंदै आएको छुट बन्द गरेका छन् ।निषेधाज्ञा खुकुलो भएको भन्दै अब छुट नदिने निर्णय गरिएको हो ।
उपभोक्ताहरुले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको बिक्री केन्द्रहरुबाट नुन, तेल, चामल, पिठो, चिनी र खाना पकाउने एसटिसी ग्यास किन्दा जेठ २० गतेदेखि २० प्रतिशत छुट पाउँदै आएका थिए ।साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक कार्यकारी अधिकृत पंकज जोशीले हालको परिवर्तित स्थितिअनुसार छुट दिन स्थगित गरिएको बताए ।
सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्यमा निषेधाज्ञाबाट समस्या परेकाहरुलाई दैनिक उपभोग्य वस्तुमा सहुलियत दिने घोषणा गरेको थियो ।
Post Views: 1,266
Leave a Reply