अपर तामाकोशी जलविद्युत आयोजनाबाट परीक्षण उत्पादन शुरु भएपछि प्रसारण लाइन व्यवस्थापनको अन्तिम चरणको काम शुरु भएको छ।तामाकोशी करिडोरबाट आउने बिजुली अब खिम्तीमा बनाइएको नयाँ सबस्टेशनमा जोडिने भएको छ ।
यसअघि नयाँ सबस्टेशन निर्माणको टुंगो नलाग्दा तामाकोशी करिडोरबाट आएको बिजुली सीधै ढल्केबर लैजाने गरी खिम्ती सबस्टेशनमार्फत जोडिएको थियो । अब भने खिम्तीको सबस्टेशनमार्फत नै तामाकोशीको बिजुली राष्ट्रिय प्रसारणमा जोडिनेछ।खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन यही असार १३ गतेदेखि १९ गतेसम्म बन्द गरेर अपर तामाकोशी जलविद्युत आयोजनालाई राष्ट्रिय विद्युत प्रणालीमा जोड्न लागिएको अपर तामाकोशी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताएका छन् ।
प्रवक्ता न्यौपानेका अनुसार ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेसनहरुबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकहरुको विद्युत् कटौती हुनेछ’ जसबाट काठमाडौं उपत्यकाका ग्राहक पनि प्रभावित हुनेछन् । प्रवक्ता न्यौपाने अनुसार कति समयका लागि विद्युत सेवा प्रभावित हुन्छ भन्ने निश्चित भएको छैन ।
Leave a Reply