सरकारले श्रमिक पठाउन नसकेका ७०० भन्दा बढी म्यानपावर कम्पनी खारेज हुनबाट जोगाएको छ ।चालू आर्थिक वर्ष २०७६÷७७ र २०७७÷७८ मा कम्तीमा १००÷१०० जना श्रमिक नपठाएका म्यानपावर कम्पनी नवीकरण गर्ने निर्णय गरेको छ ।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनअनुसार चालु आर्थिक वर्ष २०७६÷७७ र २०७७÷७८ मा कम्तीमा २०० जना श्रमिक पठाएको प्रमाणसहित दर्ता नवीकरणको लागि आह्वान गरेको थियो । तर, १२३ वटा म्यानपावर कम्पनीले मात्रै पछिल्ला दुई आर्थिक वर्षमा २०० र सोभन्दा बढी श्रमिक विदेश पठाएका छन् ।
२०७७ को असार अन्तिम सातामा पनि सरकारले १०० जना कामदार पठाउन नसकेका म्यानपावर कम्पनीको पनि इजाजतपत्र एक पटकलाई नवीकरण गर्ने निर्णय गरेको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो वर्ष पनि गत वर्ष २०७७ जस्तै वैदेशिक रोजगार ऐन २०६४ को बाधा अड्काउ फुकाउने दफा ८२ प्रयोग गरी सबै म्यानपावर कम्पनीहरुका लागि इजाजतपत्र नवीकरण गर्न प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।सोही अनुसार मन्त्रिपरिषद्ले नवीकरणको बाधा फुकाएको हो ।
Leave a Reply