ग्लोबल टिभि
0
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सेयर निष्कासन (आईपीओ) आजदेखि खुल्दै छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँ मूल्यका ३ लाख ८९ हजार कित्ताबापत ३ करोड ८९ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो ।
लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आईपीओमा असार २१ गतेसम्म आवेदन दिन सकिनेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ ।
इक्रा नेपालले मनकामना स्मार्ट लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ रेटिङ दिएको छ । यसले निष्कासनकर्ता कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।
Post Views: 1,201
Leave a Reply