राष्ट्र बैंकलाई उद्योग वाणिज्य महासंघको सुझाव, मौद्रिक नीतिमा पुनर्कर्जालाई निरन्तरता देऊ

 ग्लोबल टिभि           0

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा पुनर्कर्जालाई निरन्तरता दिन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले गर्भनरलाई भेट गरी मौद्रिक नीतिमा पुर्नकर्जा, पुनःसंरचना र पुनर्तालिकालाई निरन्तरता दिनका लागि सुझाव दिएको बताएका हुन् । मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिए  बैंकमा तरलता कायम हुने उनको दाबी छ ।

उद्योग वाणिज्य महासंघले ब्याजदर दुई अंकमा नबढाउनका लागि पनि सुझाव दिएको छ । अध्यक्ष गोल्छाले साना तथा मझौला व्यवसायका लागि कर्जा लिन सहज गराउन पनि माग गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *