ग्लोबल टिभि
0
सिवाईसी नेपाल लघुवित्तले ३ करोड ९५ लाख रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।
बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतामा लघुवित्तको तर्फबाट प्रबन्ध सञ्चालक डोलिन्द्र प्रसाद शर्मा र क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पारग विष्टले हस्ताक्षर गरेका छन् ।
कम्पनिले सर्वसाधारणले र्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य एक सय रुपैयाँ अंकित दरको ३ लाख ९५ हजार ३३५ दशमलव ९७०४ कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो ।
आईपीओ निष्काशनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
Post Views: 1,498
Leave a Reply