तामाकोसीको दोश्रो टर्वाइनबाट पनि ७६ मेगावाट विद्युत थपिदै

 ग्लोबल टिभि      शनिबार, असार २६, २०७८      0

तामाकोसी जलविद्युत् आयोजनाले यसै सातादेखि दोस्रो टर्वाइनबाट विद्युत् उत्पादन गर्ने भएको छ ।आयोजनाबाट थप ७६ मेगावाट विद्युत् उत्पादन गरी यसै सातादेखि राष्ट्रिय प्रसारण लाइनमा जोड्न लागिएको हो ।

यो महिनाको अन्त्यमा ७६ मेगावाट थपिएपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको १५२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिनेछ ।

भदौ अन्त्यसम्ममा छ वटै टर्वाइनबाट उत्पादित ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न तीव्र रूपमा काम भइरहेको छ । असार २१ गते उद्घाटन भएलगत्तै ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।

आफ्नै खर्चमा आयोजनाले हालै निर्माण सम्पन्न गरेको नेपालकै दोस्रो ठूलो २२० र १३२ केभी देवीटार सवस्टेसन हुँदै तामाकोसीको ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण सञ्जालमा जोडिने आयोजनाले बताएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *