बागमती प्रदेशको बजेट बहुमतले पारित

 ग्लोबल टिभि      सोमवार, असार २८, २०७८      0

बागमती प्रदेशको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ । असार १ गते प्रदेश सरकारले संसदमा पेस गरेको आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट बहुमतले पारित भएको हो।

सोमबार बसेको संसद बैठकले प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ पारित गरेसँगै बजेट पनि बहुमतले पास भएको हो। यसअघि आइतबार बसेको संसद बैठकले विनियोजन विधेयक २०७८ बहुमतले पारित गरेको थियो।

प्रदेश सरकारले आर्थिक वर्ष ०७८-७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ। सरकारले क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार विनियोजन र पुँजीगततर्फ २९ अर्ब ७० करोड ३९ लाख ४ हजार रुपैयाँ विनियोजन गरेको छ । बजेटबाट चालूतर्फ ४५ प्रतिशत, पुँजीगततर्फ ५१ प्रतिशत र वित्तिय तर्फ ४ प्रतिशत खर्च हुने अनुमान गरिएको छ।

सरकारले बजेटको स्रोतमध्ये कर तथा राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख र अन्य राजस्वतर्फ ६ अर्ब ८२ करोड १३ लाख, संघीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानबाट प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख, विविध प्राप्तिबाट १ अर्ब ५ करोड ९ लाख र चालू आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड प्राप्त हुने अनुमान गरिएको छ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *