ग्लोबल टिभि
बुधबार, असार ३०, २०७८
0
अर्थमन्त्री जनार्दन शर्माले कोरोनाविरुद्धको खोप खरिद गर्नका लागि ५ अर्ब निकासा गर्ने निर्णय गरेका छन्। बुधबार सिंहदरबारमा पदभार ग्रहण गर्दै पहिलो निर्णयको रूपमा खोप खरिदलाई प्राथामिकता दिएका हुन्।
सरकारले कोरोना महामारीमा जनताको जीवनरक्षामा केन्द्रित भएको बताउँदै सबै नागरिकलाई खोपको सुनिश्चिता सरकार गर्ने बताए। यस्तै, स्वास्थ्यकर्मीहरूलाई जोखिम भत्ताको रकमसमेत स्वीकृति गरेका छन्।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेलगत्तै बसेको पहिलो मन्त्रीपरिषद्को बैठकले चैत अन्तिमसम्म सबै नागरिकलाई कोरोनाको खोप लगाइसक्ने निर्णय गरेको थियो।
Post Views: 431
Leave a Reply