कर्णाली प्रदेशसभा अन्त्य, अध्यादेशबाट बजेट पारित गर्ने

 ग्लोबल टिभि      बिहिबार, असार ३१, २०७८      0

कार्यससूचीमा प्रवेश नगरी कर्णालीमा प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य भएको छ ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले असार ३० गते राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई पत्र पठाएको हो । सोही सिफारिसअनुसार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार राति १२ बजेबाट चालु आठौं अधिवेशन अन्त्य गरेका छन् ।

बुधबार पनि आठौं अधिबेशनको अठारौं बैठक पनि एमालेले अवरुद्ध गरेको थियो । प्रमुख प्रतिपक्षी दल एमालेले बैठक चल्न नदिएपछि कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट पारित गर्ने भएको छ ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *