महामारीमा पनि विप्रेषण आप्रवाह बढ्यो

 ग्लोबल टिभि           0

चालू आर्थिक वर्षको ११ महिनामा विप्रेषण आप्रवाहमा वृद्धि भएको छ ।राष्ट्र बैकका अनुसार यस अवधिमा १२  दशमलब ६ प्रतिशतले सुधार भइ वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तिय स्थिती प्रतिवेदन अनुसार महामारीमा पनि जेठ मसान्तसम्ममा विप्रेषण आप्रवाहमा १२ दशमलब ६ प्रतिशतले सुधार आई ८ खर्ब ७० अर्ब पुगेको छ ।

जेठ मसान्तसम्ममा कुल वस्तु व्यापार घाटा २४ दशमलब  ६ प्रतिशतले वृद्धि भई १२ खर्ब ६२ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १६ दशमलब ४ प्रतिशतले घटेको थियो । जेठ मसान्तसम्ममा आयात र निर्यात दुवै वृद्धि भएको छ ।

यस अवधिमा आयात २५ प्रतिशतले वृद्धि हुँदा निर्यात ३७ दशमलब ८ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा १ खर्ब २१ अर्बको वस्तु आयात हुँदा १३ खर्ब ८३ अर्ब बराबरको वस्तु निर्यात भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *