बैतडीको पाटन नगरपालिकामा मध्यपहाडी लोकमार्ग दुुग्ध विकास कार्यक्रम अन्तर्गत किसानलाई उन्नत जातका भैंसी वितरण गर्ने कार्यक्रम विवादित बनेको छ ।
सुदूरपश्चिम प्रदेश सरकार मातहतको भेटेनरी तथा पशुु सेवा विज्ञ केन्द्र र पाटन नगरपालिकाको साझेदारीमा सञ्चालन गरिएको कार्यक्रममा प्रचलित मूूल्य भन्दा धेरै बढीमा भैंसी खरिद गर्न लागिएपछि विवाद भएको हो ।
नगरपालिका र भेटेनरी तथा पशुु सेवा विज्ञ केन्द्रले आत्म विकास सहकारी संस्थासँग ४३ लाखमा दुुईवटा राँगासहित ५० भैंसी खरिद गर्ने सम्झौता गरेको थियो ।
सहकारीले भारतबाट खरिद गरेर ल्याएका २३ भैंसी र एउटा राँगो नगरपालिकाले शुुक्रबार वडा नम्बर २ र ९ का किसानलाई वितरण गरेपछि सरकारी बजेटको दुुरुपयोग गर्न चर्को मूूल्य तिरेको देखाएर भैँसीका पाडापाडी वितरण गरेको भन्दै विरोध भएको हो ।
शत प्रतिशत अनुदानमा मुर्रा जातको भैंसी पाएका किसानहरुले समेत चर्को मूूल्य हालेर उन्नत जातको भन्दै भर्खरका पाडापाडी वितरण गरेको भन्दै असन्तुुष्टि प्रकट गरेका छन् ।
Leave a Reply