बजेटबारे राजनीतिक तहमा सहमति खोजौं : अर्थशास्त्रीहरु

 ग्लोबल टिभि      सोमवार, साउन ४, २०७८      0

चालू आर्थिक वर्षको बजेट अध्यादेश संसदमा प्रस्तुत भएको छ । तर, यो अध्यादेशलाई कसरी अगाडि बढाउने भन्ने अन्यौल कायमै छ । सोही सन्दर्भमा आज सत्तारुढ दल नेपाली कांग्रेसले आफु निकट अर्थशास्त्री, पूर्वअर्थमन्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुसंग राय लिएको छ ।

छलफलमा अर्थशास्त्रीहरुले बजेट के गर्ने भन्नेबारे राजनीतिक स्तरमा सहमति जुटाउन सुझाव दिएका छन् । उनीहरुले बजेटबारे सत्ता सहयात्री दलको पनि सहमति चाहिने भएकाले त्यो स्तरमा सहमति जुटाउन सुझाव दिएका छन् ।

राजनीतिक स्तरमा सहमति जुटेपछि अध्यादेशलाई प्रतिस्थापन गर्ने की, यही बजेटलाई हुबहु पास गर्ने कि भन्ने विषय टुंगो लगाइने भएको छ। बजेटको विषयमा टुंगो लागेपछि विज्ञहरु बजेट गृहकार्यमा जुट्ने भएका छन् ।

ओली सरकारको पालामा बजेटसंग सम्बन्धित तीन वटा अध्यादेश ल्याइएको थियो । यी अध्यादेश आइतबार देखि शुरु भएको प्रतिनिधिसभामा टेबुल भएका छन् ।

अब यी अध्यादेशको आयु ६० दिनको हुनेछ । यो अवधिसम्म सरकारले यसै अध्यादेश बमोजिम खर्च भने गर्न सक्छ । बजेटमा रहेका धेरै गल्ती सच्याउनुपर्ने अवस्था रहेको अर्थविद्हरले बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *