करको दायरा विस्तार गर्ने कार्ययोजना ल्याउन अर्थमन्त्री शर्माको निर्देशन

 ग्लोवल टि.भी.      मङ्लबार, साउन ५, २०७८      0

अर्थमन्त्री जनार्दन शर्माले करको दायरा विस्तार गर्ने कार्ययोजना ल्याउन सम्बन्धित महाशाखालाई निर्देशन दिएका छन् । मन्त्रालयको आन्तरिक ब्रिफिङको क्रममा मन्त्री शर्माले थोरै जनाबाट धेरै दरमा कर उठाउने नभई धेरैजनाबाट थोरै दरमा कर उठाउने कार्ययोजना माग गरेका हुन् ।

मन्त्री शर्माले करको दायरा विस्तार गरी करको दर घटाउनतिर मिहेनत गर्नुपर्नेमा जोड दिए ।अर्थमन्त्री शर्माले प्रशासनिक झन्झ हटाएर करदातालाई सजिलो बनाइदिन समेत मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिए । कर तिर्न करदाताले वाक्कलाग्दो झन्झट बेहोर्नुपर्ने समस्या हटाउन आग्रह गरेका छन् ।

कर प्रशासनलाई करदातामैत्री बनाउर्नेमा जोड दिँदै मन्त्री शर्माले कर प्रशासन जनताको शासक नभई सेवक भएको धारणा राखे । विद्यमान कर प्रशासनमा सुधार गर्ने हो भने सजिलै करको दायरा विस्तार गर्न सकिने मन्त्री शर्माको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *