महामारीको बहानामा व्यापारीको मनपरी, आँखा चिम्लिन्छ सरकार

 ग्लोवल टि.भी.      बुधबार, साउन ६, २०७८      0

महामारीको संकटको बेला बजारमा वस्तु तथा सेवाको मूल्य छोइनसक्नु छ। राज्यका निकायहरुको अनुगमन र नियमनको अभावमा बजारमा मूल्य मनपरि छ। अत्यावश्यक वस्तु तथा सेवामा अस्वाभिक मूल्य बढ्दा आम उपभोक्ता महंगोमा खरिद गर्न बाध्य छन् ।

पछिल्लो समय बजारमा उपभोग्य वस्तु तथा सेवाको मूल्य अस्वभाविक रुपले वृद्धि भएको छ।कोरोना महामारी सुरू भएसँगै आय श्रोत खस्किदै गएको छ। आयश्रोतमा कमी आउँदा क्रयशक्ति पनि घट्दो छ ।क्रय शक्ति कमजोर भएका उपभोक्ता बजारमा भइरहेको अस्वभाविक मूल्य वृद्धिको मार खेप्न बाध्य छन् ।

बजारमा भईरहेको मनपरिलाई नियन्त्रण गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको दायित्व हो । तर, विभागले औपचारिकता मात्रै पूरा गर्दै आएको छ। यद्यपि बजारको मनपरिलाई नियन्त्रण गर्ने प्रयास गरेको वाणिज्य, आपूर्ति तथा उभोक्ता संरक्षण विभागका प्रवक्ता शिवरजा सेढाईको दाबी छ ।

बजारमा विेशष गरी दैनिक उपभोग्य वस्तु जस्तै, तोरी,भटमास, सनफ्लावरको तेल, चामल,दाल,तरकारीको औसत मूल्यमा ठूलो अन्तर आएको छ । उपभोग्य वस्तुको मूल्य वृद्धि मात्रै होइन खाद्यान्नमा मिसावट, कम गुणस्तरको समस्या पनि उत्तिकै छन् । राज्यसंग कालोबजारी तथा केही सामाजिक अपराध सम्बन्धि ऐन २०३२ छ, त्यसैगरी उपभोक्ता अधिकार संरक्षण ऐन २०७५लगायतका विभिन्न कानुनहरु आकर्षित हुन्छन् । यसरी बजारलाई नियन्त्रण बाहिर जान नदिन कानुनी प्रबन्ध भएपनि कार्यान्वयन फितलो छ।

उता विभागले जे जे भनेपनि बजारको अवस्था फरक छ, बजार पिच्छे मूल्य फरक मात्रै होइन, तौल र गुणस्तरमा पनि उत्तिकै ठगी छ । बजारमा मन परि भइरहेको छ। यस्तो मनपरि नियन्त्रणमा नआउनुमा सरकारी कानुन कार्यान्वयनको अभाव भएको उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले बताए ।
सरकारी निकायहरुको निष्कृयताले बजारमा मनपरि बढेको छ । पछिल्लो समय महामारीले अर्थतन्त्र समेत तहसनहस भएको छ। मानिसहरुको आय श्रोत घटेको छ। आय श्रोत घटेपछि क्रय शक्ति समेत कमजोर भएकोे बेला वस्तु तथा सेवामा भइरहेको मनपरिले उपभोक्ता मारमा परेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *