शेयर बजारमा झिनो सुधार

 ग्लोबल टिभि      सोमवार, भदौ २८, २०७८      0

शेयर बजार परिसूचक नेप्सेमा सोमबार झिनो वृद्धि देखिएको छ । सोमबार बजार २९४७ दशमलव ६९ बिन्दुमा पुगेको छ । यो वृद्धि ०.०१ प्रतिशत मात्र हो ।सोमबार कुल २२६ कम्पनीको कारोबार भयो । ९२ हजार २ सय १८ वटा कारोबारबाट सोमबार १ करोड ५६ लाख ८१ हजार १ सय ८४ कित्ता शेयर किनबेच भएको तथ्यांक छ ।

सोमबार जलविद्युत कम्पनीका लगानीकर्ताले बढी गुमाएका छन । उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, अन्य, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक समेत ओरालो लागेको छ ।सोमबार युनिभर्सल पावर कम्पनी, माउण्टेन हाइड्रो नेपालसहितका कम्पनीका लगानीकर्ताले भने बढी गुमाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *