ग्लोबल टिभि
मङ्लबार, भदौ २९, २०७८
0
शेयर बजार आज मङ्गलवार घटेर राताम्मे भएको छ ।
बजार खुलेको केहीबेरमा २० अङ्कले बढेको नेप्से बन्द हुने बेलामा भने १८ दशमलव ५४ अङ्कले घटेर दुई हजार नौ सय २९ दशमलव २८ विन्दुमा झरेको छ ।आज बैंक, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, व्यापारसहित सबै समूहको शेयर घटेको छ ।
राष्ट्रिय बीमा कम्पनीको शेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतले घटेको छ ।समग्र बजार घटे पनि आज मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।आज दुई सय २२ कम्पनीका एक करोड ६ लाख कित्ता शेयर पाँच अर्ब १९ करोड रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको २७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
०००
Post Views: 1,114
Leave a Reply