प्रतिस्थापन बजेट पास हुन नसक्दा आजदेखि सरकारको नियमित खर्च रोकिएको छ ।
प्रतिनिधि सभाबाट बजेट अध्यादेश प्रतिस्थापन विधेयक पास नभएपछि देशमा पहिलोपटक बजेट होलिडेको अवस्था आएको हो ।
नयाँ गठबन्धन सरकारले अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै नयाँ बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश प्रतिस्थापन नगरेको भए त्यो अध्यादेश पनि आजदेखि निस्कृय हुने थियो ।
अध्यादेश पनि निस्कृय भएको र नयाँ विधेयक पनि पारित नभएको स्थितिमा अब बजेट खर्च रोकिने अवस्था आएको छ ।प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याए पनि पास गर्ने समय नपुग्दा बजेट खर्च रोकिएको हो।
सरकारले प्रक्रिया पूरा गरेर बजेट ल्याउन खोजे पनि प्रतिनिधिसभामा नेकपा एमालेले निरन्तर अवरोधका कारण प्रतिस्थापन विधेयक पास हुन नसकेकोले बजेट होलिडेको अवस्था आएको हो । यसको असर बजेट खर्चमा पर्ने छ अबको केही दिन सरकारले खर्च गर्न सक्ने छैन।
राजस्वमा भने पुरानै कर दर लागु हुने छ । प्रतिस्थापन विधेयक संसदमा छलफल गरी पारित गर्नुपर्ने भए पनि मंगलबारको बैठकले प्रतिस्थापन विधेयक विचार गरियोस भन्ने सैद्धान्तिक प्रस्ताव मात्रै स्वीकृत गरेको छ। तर पास हुन अर्को संसद बैठक कुर्नु पर्ने छ ।
अर्को बैठक असोज ४ गते बस्ने छ।
Leave a Reply