सुनको मूल्य प्रतितोला ८ सयले वृदी

 ग्लोवल टि.भी.      बुधबार, पुस १, २०७७      0

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ८ सयले वृदी भएको छ । पछिल्ला केही दिन स्थिर रहेको सुनको मूल्यमा आज भने उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार १०० मा कारोबार भएको छ । मङ्गलबार छापावाला सुन प्रतितोला ९२ हजार ३०० मा कारोवार भएको थियो । मङ्गलबारको तुलनामा प्रतितोला ८ सयले उकालो लागेको महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार ६५० मा कारोवार भएको छ । मङ्गलबार भने ९१ हजार ८५० मा कारोवार भएको थियो । यस्तै, चाँदीमा पनि प्रतितोला ३० ले वृद्धि भएको छ । मङ्गलबार एक हजार २०० मा कारोबार भएको चाँदी आज भने एक हजार २३० मा कारोबार भईरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *