खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारबाट खसीबोकाको बिक्री गर्ने भएको छ । घटस्थापनाको भोलिपल्टबाट खसीबोका बिक्री गर्ने योजना भए पनि सोमबारबाट मात्रै खसी बोकाको बिक्री सुरु गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिए ।
‘शनिबार दुई सय खसीबोका काठमाडौ ल्याइएको छ एक दिन आराम गराएर सोमबारबाट बिक्री खुल्ला गर्ने योजना छ’खनालले भने ।
यो बर्ष कोभिडको कारण च्याग्राको बिक्री गर्न नसकेको बताउँदै आइतबार साँझ मात्रै खसी बोकाको मूल्य निर्धारण गरिएको हो । कम्पनीले जिउँदो खसी तथा बोका प्रतिकिलो ५६० रुपैयाँ तोकेको छ । जसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ५ सय ५० रुपैयाँमा खसी–बोका बिक्री गरिने कम्पनीले जनाएको छ ।
अघिल्लो बर्ष कम्पनीले बिक्री गर्ने जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो रु ५५० र च्याङ्ग्राको मूल्य प्रतिकिलो रु ७३० निर्धारण गरेको थियो । उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो रु १० सहुलियत दिई उक्त मूल्य निर्धारण गरेको थियो ।
कम्पनीले सोमबारदेखि साविकको खाद्य संस्थानको थापाथलीस्थिति बागमती अञ्चल कार्यालय ( धान गोदाम)बाट खसी, बोका बिक्री गर्नेछ ।
।
Leave a Reply