ग्लोबल टिभि
मङ्लबार, अशोज ५, २०७८
0
नेप्से आज १३ दशमलव ८३ अङ्कले बढेर दुई हजार सात सय १२ दशमलव शून्य सात विन्दुमा पुगेको छ ।
आज बैंक, होटल, विकास बैंक, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स र अन्य समूहको शेयर बढेको छ । कारोबार सुरु भएको २७ मिनेटमा नै नेप्से ८२ अङ्कले घटेर २६ सय १६ विन्दुमा झरेको थियो । नेप्से बन्द हुने बेलामा भने झन्डै १४ अङ्कले बढेको हो ।आज कारोबार रकम पनि बढेको छ ।
दुई सय २३ कम्पनीका एक करोड ५३ लाख कित्ता शेयर सात अर्ब ३६ करोड ४७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको २५ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज मनकामना स्मार्ट लघुवित्तको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।
Post Views: 894
Leave a Reply