एसियाली विकास बैंकले आर्थिक वृद्धिदरको यसअघिको प्रक्षेपण संशोधन गर्यो

 ग्लोबल टिभि      बुधबार, अशोज ६, २०७८      0

एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदरको यसअघिको प्रक्षेपण संशोधन गरेको छ ।

गत आर्थिक वर्ष २०७७÷७८ को आर्थिक वृद्धिको प्रक्षेपित लक्ष्य नेपालले भेटाउन नसकेको र चालु आर्थिक वर्ष २०७८÷७९ का लागि यसअघि गरिएको प्रक्षेपण पनि पूरा गर्न नसकिने देखिएकाले लक्ष्य संशोधन गरिएको एडीबीले जनाएको छ ।‘एसियन डेभलपमेन्ट आउटलुक’ ले यसअघि सार्वजनिक गरेको नेपालको कुल ग्राहस्थ्र्य उत्पादन (जीडीपी) वृद्धिदरको लक्ष्य संशोधन गर्नुपरेको एडीबीले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

संशोधित विवरणअनुसार गत आर्थिक वर्ष २०७७÷७८ मा जीडीपी वृद्धिदर ३.१ प्रतिशत अनुमान गरेकोमा २.३ प्रतिशतमात्रै कायम भएको देखिएको छ । सरकारले भने गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशत रहने अनुमान गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *