सुनको मुल्य प्रतितोला ५०० ले गिरावट

 ग्लोबल टिभि      बिहिबार, अशोज ७, २०७८      0

स्थानिय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला रु.पाँच सयले घटेको छ । बुधबार ९० हजार १ सयमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार रु. ८९ हजार ६०० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजाबी सुन बुधबार प्रतितोला रु. ८९ हजार ६५० मा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य बुधबारका तुलनामा बिहीबार प्रतितोला रु.१० ले घटेको छ ।

चाँदी बुधबार प्रतितोला रु.एक हजार १६५ मा कारोबार भएको थियो भने बिहीबार प्रतितोला रु. एक हजार १५५ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य निर्धारण गर्दछ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔँसत एक हजार ७६४ दशमलव आठ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *