सुनको भाउ प्रतितोला आठ सयले बढ्यो

 ग्लोवल टि.भी.      शुक्रबार, पुस ३, २०७७      0

आज सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार ९३ हजार ५ सयमा कारोबार भएको छापावल सुनको भाउ बढेर ९४ हजार ३ सय रुपैयाँ कायम रहेको छ ।

शुक्रबारका लागि तेजाबी सुनको भाउ ९३ हजार ८५० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्यको पनि तोलामा २५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ ।
बिहीबार १२ सय ५५ रुपैयाँ तोलामा कारोबार भएको सुनको भाउ १२८० रुपैयाँ पुगेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *