डिश होमले ल्यायो ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन योजना

 ग्लोबल टिभि      बुधबार, अशोज १३, २०७८      0

टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिश होमलेह्याप्पी पर्वको ह्याप्पी कनेक्सन योजना सञ्चालनमा ल्याएको छ ।

असोज ११ गते देखि लागु भएको यो योजना अन्तर्गत डिशहोमको नयाँ कनेक्सन लिने चार ग्राहकले स्पेन घुम्न जान पाउने छन् । यसका साथै हरेक नयाँ कनेक्सनमा ग्राहकले दुई हजारको लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ । स्पेन जाने चार भाग्यशाली विजेताको छनोट लक्की ड्र मार्फत गरिने छ ।

लक्की ड्रको प्रत्यक्ष प्रसारण विभिन्न टेलिभिजनले गर्नेछन् । यो योजना प्रभु टिभी, सिम टिभी, र डिशहोम फाइबरनेटको जडानमा पनि उपलब्ध रहेको बताइएको छ ।लालिगा सिजन टिकट मार्फत डिशहोम, प्रभु टिभी र सिम टिभीका ग्राहकले लालिगा हेर्नसक्ने कम्पनीले जानकारी दिएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *