ग्लोवल टि.भी.
मङ्लबार, अशोज १९, २०७८
0
सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार चाडपर्वलाई लक्षित गरी काठमाडौंको न्यूरोड र मख्खनगल्लीमा अनुगमन गरेको हो । बजार अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृत अमितकुमार झाले खाद्य सामग्री तथा लत्ताकपडाको अनुगमन गरेको बताए । उनले तीन जनालाई तत्काल जरिबाना गरेको र अन्य तीन जनालाई विभागमा बोलाएको बताए ।
विभागले निरन्तर रुपमा चाडपर्वलाई लक्षित गरेर अनुगमन तीव्र बनाएको दाबी गरेको छ ।।
Post Views: 461
Leave a Reply