उच्च अंकले घट्यो नेप्से परिसूचक

 ग्लोवल टि.भी.      सोमवार, कार्तिक १, २०७८      0

काठमाडौं-आज शेयर बजार परिसूचक नेप्से घटेर राताम्मे भएको छ ।

नेप्से आज ६९.५१ अङ्कले घटेर दुई हजार पाँच सय ८७.४५ विन्दुमा पुगेको छ ।

आज व्यापारबाहेक सबै समूहको शेयर घटेको छ । बैंकिङ समूहको शेयर ३८ अङ्कले, विकास बैंकको एक सय ६७, होटलको ८८, फाइनान्सको ९८, माइक्रोफाइनान्सको एक सय ८५ र जलविद्युत् समूहको शेयर एक सय दुई अङ्कले घटेको छ ।

आज दुई सय १८ कम्पनीको शेयर कारोबार भएकोमा १० वटाबाहेक सबैको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर १० प्रतिशतले घटेको छ । आज ८७ लाख कित्ता शेयर दुई अर्ब ९६ करोड रुपैयाँमा कारोबार भएका छन् ।

यस्तै उत्पादन समूहको शेयर एक सय ७७ अङ्कले, जीवन बीमा समूहको तीन सय ५८ अङ्कले, निर्जीवन बीमा समूहको चार सय २७ र अन्य समूहको शेयर ३३ अङ्कले घटेको छ ।

बैंकिङ क्षेत्रमा तरलता अभाव हुँदा अहिले बैंकहरुले निक्षेपको ब्याजदर बढाएका कारण बैंकको ब्याजदर वृद्धिको असर शेयर बजारमा देखिएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *