आर्थिक वर्षको तीन महिनामा ४ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको आयात

 ग्लोवल टि.भी.      मङ्लबार, कार्तिक ९, २०७८      0

चालु आर्थिक वर्षको तीन महिनामा मुलुकमा ४ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको आयात भएको छ ।

गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात करिब ६४ प्रतिशत बढेको हो । स्वदेशी उत्पादन अपेक्षित रूपमा बढ्न नसक्दा हरेक महिना आयात उच्च दरले बढ्दो छ । सोही क्रममा गत असोजसम्म यस्तो आयात करिब पौने ५ खर्ब रुपैयाँ पुगेको हो ।

गत आर्थिक वर्षको असोजसम्म २ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको आयात भएको थियो । गएको तीन महिनामा मुलुकबाट ६५ अर्ब ५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको निर्यात १ सय ९ प्रतिशत बढी हो । २०७७ असोसम्म ३१ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो ।

तथ्यांकमा हेर्दा गत आर्थिक वर्षको असोजको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात शतप्रतिशतभन्दा धेरैले बढे पनि आकार (परिमाण) सानो रहेकाले उपलब्धि नदेखिएको हो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *