पेट्रोल, डिजेल र ग्यासको मूल्य फेरि बढ्यो

 ग्लोबल टिभि      शुक्रबार, कार्तिक १२, २०७८      0

काठमाडौं,कार्तिक१२गते । शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल,मटितेल, हवाई इन्धनको मूलय बढाएको छ ।

निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको साबिकको विक्रि मूल्यमा रुपैयाँले वृद्धि गरी १३३ रुपैयाँ कायम गरेको छ । डिजेल/मट्टतिेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर ११६ रुपैयाँ पुगेको छ ।

आन्तरिक तथा बाहृय हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर रू. १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु. ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर कायम गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *