ग्लोबल टिभि
0
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ९०० मा कारोवार भएको थियो । प्रतितोला ९०० ले आज ओरालो लागेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार भएकामा आज प्रतितोला रु ९३ हजार ५०० मा कारोवार हुने गरी मूल्य तोकिएको छ ।
Post Views: 1,275
Leave a Reply