सुनको मूल्य प्रतितोला रु १०० ले उकालो

 ग्लोवल टि.भी.      बिहिबार, पुस ९, २०७७      0

स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला रु १०० ले उकालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार १०० मा कारोबार हुनेगरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन बुधबार प्रतितोला रु ९४ हजारमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भएको छ । तेजाबी सुन बुधबार प्रतितोला रु ९३ हजार ५०० मा कारोबार भएको थियो ।

चाँदी प्रतितोला रु एक हजार २८० मा कारोबार भएको छ । बुधबार भने प्रतितोला रु एक हजार २६५ मा कारोबार भएको थियो । चाँदी बुधबारका तुलनामा बिहीबार प्रतितोला रु १५ ले वृद्धि भएको छ । रासस

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *