ग्लोबल टिभि
0
स्थिानीय बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ । बिहीबार ९४ हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार छापावाल सून शुक्रबार ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै बिहीबार ९३ हजार ६ सय रुपैयाँमा किनबेच भएको तेजावी सुनमा पनि शुक्रबार १ सय रुपैयाँ बढेको छ ।
शुक्रबार चाँदी १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । कारोबार हुने साताको पहिलो दिन ९४ हजार ३ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य साताको अन्तिम दिन ९४ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।
Post Views: 1,371
Leave a Reply