खसी, बोका संक्रमित त छैनन् ? महानगरले सुरु गर्देछ रगत परीक्षण

 ग्लोबल टिभि      मङ्लबार, कार्तिक ४, २०७७      0

काठमाडौं । दशैंमा बिक्रीका लागि ल्याइएका खसी, बोका, भेडा, च्याङ्ग्रामा महामारी रोग छ कि छैन ? थाहा पाउन महानगरले आजबाट रगतको नमूना संकलन र परीक्षण थालेको छ । टुकुचामा खोटाङ, नेपालगञ्ज, सिन्धुपाल्चोक, काठमाडौंलगायत बिभिन्न जिल्लाबाट ल्याइएका खसी बोका र मनाङबाट ल्याइएको च्याङ्ग्राको रगत लिँदै महानगरको पशु सेवा महाशाखाका प्रमुख डा. अवधेश झाले रगत नमूना लिएर काम थालनी गरेका थिए ।

‘स्वच्छ मासु र पशुजन्य खाद्यबस्तुका लागि हामीले पशु, पशुजन्य पदार्थ र उत्पादन सामाग्रीको नमूना संकलन र परीक्षण थालेका हौं ।’ नमूना लिँदै डा झाले भने,‘अहिले लिइएको रगतको नमूना खोरेत प्रयोगशाला र त्रिपुरेश्वरस्थित केन्द्रीय प्रयोगशालामा पठाएर एफएमडि (खोरेत), पिपिआरलगायत रोग परीक्षण गर्छौं । यसबाट कुन-कुन जिल्लाका पशुमा कस्ता-कस्ता खालका समस्या छन् । थाहा पाउन सकिन्छ ।’

यो कार्यक्रम एक पटक मात्र हो कि, नियमित चल्छ ? प्रश्नको जवाफमा डा. झा भन्छन्, ‘नमूना संकलन र परीक्षण हाम्रो स्वीकृत कार्यक्रम हो । यो नियमित हुन्छ । अहिले रगतको नमूना लिएका छौं । हामी मासु, अण्डा, दानालगायत पशु, पशुजन्य पदार्थ र उत्पादन सामाग्रीको संकलन र परीक्षण गर्छौं ।’

नमूना संकलनका लागि महानगरले संघ सरकारअन्तर्गतको पशुसेवा बिभाग, प्रदेश सरकारअन्तर्गतको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग समन्वय गरेको छ ।

यससँगै चौपायाको स्वास्थ्य परीक्षण गरेर निरोगीको सिङ्मा हरियो र रोगीको सिङ्मा रातो रङ्ग लगाउँदै आएको छ । डा. झाका अनुसार आज नमूना लिइएको नमूनाको नतिजा आउन ४ दिन समय लाग्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *