दसैंमा ५ दिन बैंकका कुनै पनि कार्यालय नखुल्ने

 ग्लोबल टिभि      मङ्लबार, कार्तिक ४, २०७७      0

काठमाडौं । कोरोना भाइरसको संक्रमण थप जोखिमपूर्ण हुन नदिन बैंकहरुले दशैंँबिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गत वर्ष बडादशैंका बिदामा समेत बैंकका केहि काउन्टर खोलेका बैंकले यस वर्ष कुनै पनि शाखा नखोल्ने निर्णय गरेका हुन् ।नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले नखोल्ने निर्णय गरिएको जनाएको छ । संघले यही कात्तिक ७ देखि ११ गतेसम्म पाँच दिन सबै वाणिज्य बैंकका शाखा बन्द गरिने जानकारी गराएको छ ।‘दशैंँमा कम आवतजावत हुने र सीमित बैंक मात्र खुला गर्दा बढी भिीभाड हुन सक्ने भएकोले बैंक बन्द गर्ने निर्णय गरिएको बैंकर्स संघले जनाएको छ ।बैंकहरुले एटिएम तथा डिजिटल कारोबारलाई प्राथमिकतामा राख्दै आएकाले यस पटक डिजिटल बैंकिङलाई प्रोत्साहन गरी शाखा खोलेर दिने सेवालाई बन्द गरिएको पनि संघले जनाएको छ ।सामान्यतया राष्ट्र बैंक खुल्ने दिन र समय बैंकबाट नियमन हुने सबै बैंक तथा वित्तीय संस्था खुला हुनुपर्छ । अहिलेको विषम परिस्थितिमा अनिवार्य रुपमा खुला गर्नुपर्छ भन्ने अवस्था नभएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *