सुनको मूल्य प्रतितोला ८ सयले गिरावट

 ग्लोबल टिभि           0

नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला रु ८ सयले घटेको छ । प्रतितोला रु ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य मंगलबार पुनः ओरालो लागेको हो ।

छापावाल सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ९०० मा सोमबार कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन सोमबार प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएकामा मंगलबार प्रतितोला रु ९३ हजार ६०० मूल्य निर्धारण भएको छ । तेजाबी सुन पनि प्रतितोला रु ८०० ले घटेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ । प्रतितोला रु एक हजार ३१५ मा सोमबार कारोबार भएको चाँदी मंगलबार भने एक हजार ३०० मूल्य निर्धारण भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *